Information is intelligence
HomeNewsलाइसेन्सको ट्रायलमा ६० अंक प्राप्त गरे पुग्ने नयाँ नियम लागु गर्न स्वीकृति,कहिले...

लाइसेन्सको ट्रायलमा ६० अंक प्राप्त गरे पुग्ने नयाँ नियम लागु गर्न स्वीकृति,कहिले लागु हुने?

- Advertisement -spot_img

सवारी चालक अनुमति पत्र लिनका लागि ६० प्रतिशत अंक प्राप्त गरे पुग्ने गरी नयाँ नियम लागु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्वीकृति दिएको छ ।

हाल ट्रायल परीक्षामा तोकिएको सीमांकनबाहेकमा सवारी साधनले छोएमा असफल हुने व्यवस्था रहेकोमा यातायात व्यवस्थापन कार्यविधिको निर्देशिका–२०६०को संशोधनका लागि मन्त्रालयले स्वीकृत दिएसँगै नयाँ नियम लागु हुने भएको हो । गत पुसमा विभागले मन्त्रालयलाई निर्देशिका संशोधनको स्वीकृतिका लागि पठाएको थियो ।

प्रयोगात्मक परीक्षामा शतप्रतिशत नै ल्याउनुपर्ने व्यवस्थालाई संशोधन गर्दै सहज बनाएपछि अब ६० अंक प्राप्त गर्ने परीक्षार्थी समेत उतीर्ण हुनेछन् । यसका लागि निर्देशिकाको दफा १२ (९) र १२ (१४) मा रहेको कानूनी व्यवस्था संशोधन गर्न स्वीकृति दिएपछि अब यातायात व्यवस्था विभागले सो अनुसार परिवर्तन गरी नयाँ नियम बनाउनेछ । “मन्त्रालयबाट सैदान्तिक सहमति प्राप्त भएको छ, चाँडै कानूनी प्रकृया पूरा गरी नयाँ यातायात व्यवस्थापन कार्यविधि लागु गर्ने छौं” यातायात विभागका महानिर्देशक नमराज घिमिरेले भने । तर उनले मिति तोकेका भने छैनन् ।

हालसम्म लिखित परीक्षामा कुल अंकभारमा ५० अंक ल्याउने पास भएपछि प्रयोगात्मकमा सहभागी हुने पाउने र तोकिएको ट्रायलमा सतप्रतिशत पास गर्नु पर्ने व्यवस्था छ । विभागका अनुसार, अब कार्यान्वयनमा ल्याउन लागिएको व्यवस्थामा मेजर र माइनर दुई क्याटागोरीमा विभाजन गरेर प्रयोगात्मक परीक्षाको अंकभार अनुसार अंक दिनेछ । ओरालोमा रोक्नुपर्ने, ट्राफिक लाइट परीक्षण, यूटर्नलगायतलाई अनिवार्य भित्र राखिने छ भने साईडलाइट बाल्नु पर्ने रेखाङ्कनमा छुने लगायतलाई सामान्यमा राखिने छ । यसरी मेजर र माइनरमा वर्गिकरण गरेर माइनर टेस्टमा पास नभएपनि अंकभार दिँदा परीक्षार्थीले ६० अंक ल्याएमा सवारी चालकको लागि योग्य हुने छ ।

हाल सानो त्रुटी हुँदा पनि परीक्षार्थीले फेल हुने गरेका छन् । जसले गर्दा कुल सहभागीमध्ये २५ देखि ३० प्रतिशत मात्र ट्रयालमा पास हुने गरेको विभागको भनाइ छ । नयाँ मापदण्ड लागु भएसँगै ट्रायलमा ६० देखि ८० प्रतिशत परीक्षार्थी पास हुने विभागको अनुमान छ । नयाँ व्यवस्थासँगै कार्यालयमा रहेको सेवाग्राहीको चाप, प्रशासनिक र जनशक्तिको व्यवस्थापनमा सहज हुने विभागले जनाएको छ ।

नयाँ मापदण्डमा लिखित परीक्षाका लागि एक आर्थिक वर्षमा सोधिने १ हजार प्रश्न आउट गरिने र त्यो आर्थिक वर्षभित्र सोही प्रश्नपत्र सोधिने गरी संशोधनको तयारी गरिएको छ । यो प्रणाली अनुसार कमै परीक्षार्थी अनुत्तीर्ण हुने पास नभएका परीक्षार्थी अर्का पटकको परीक्षामा उत्तीर्ण हुने विभागले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु