Information is intelligence
HomePoliticsसरकारलाई हाम्रो समर्थन छैन, चिठी लेख्न मात्रै बाँकी हो: माओवादी केन्द्र

सरकारलाई हाम्रो समर्थन छैन, चिठी लेख्न मात्रै बाँकी हो: माओवादी केन्द्र

- Advertisement -spot_img

काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको तर चिठी लेख्न मात्रै बाँकी रहेको जनाएको छ ।

सरकारलाई दिएको समर्थनबारे एक दुई दिनभित्र स्थायी कमिटीको बैठक बसेर आवश्यक निर्णय लिने उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘यो सरकारलाई हाम्रो समर्थन छैन् । प्राविधिक रुपमा यो सरकारलाई पत्र लेख्न मात्रै बाँकी रहेको छ । सबै राजनीतिक पार्टीहरुलाई हामीले प्रष्टसँग कुरा राख्न भनिरहेका छौं’, उनले भने । बैठकमा पार्टीका सङ्गठानिक प्रक्रिया कसरी अगाडि बढाउने, देशव्यापीरूपमा अभियान कसरी लैजाने, राष्टियरूपमा प्रशिक्षण, भेला वा सम्मेलन के गर्ने भन्नेबारेमा पनि प्रारम्भिक छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले अब बस्ने स्थायी समिति बैठकले स्थगित पार्टीको केन्द्रीय समितिको बैठक, भेला तथा प्रशिक्षण छिट्टै गर्ने सम्बन्धमा निर्णय गर्ने पनि उहाँले जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु