Information is intelligence
HomeEconomy१२ अंकले बढ्यो नेप्से, यी हुन् सबैभन्दा बढी कमाउने १० कम्पनी

१२ अंकले बढ्यो नेप्से, यी हुन् सबैभन्दा बढी कमाउने १० कम्पनी

- Advertisement -spot_img

साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से १२ अंकले उकालो लागेको छ । आज ०.४९ प्रतिशत अर्थात १२.८८ अंकले बृद्वि भएर २६ सय ३१ दशमलव ८९ उच्च विन्दुमा पुगेको हो ।

आज २१८ कम्पनीको ७३ हजार ५६७ पटक कारोबार भएर ७ अर्ब १८ करोड ४२ लाख ६६ हजार १२५ रुपैयाँ बराबरको १ करोड ४२ लाख ६८ हजार ५९२ शेयर खरिद बिक्रि भएको छ ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको २९ करोड ५६ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको प्रतिशेयर मुल्य ८ सय ८० रुपैयाँ कायम भएको छ ।त्यस्तै, सानजेन जलविद्युत कम्पनीको ३५ रुपैयाँ अर्थात १० प्रतिशतले शेयरमुल्य बढेर ३८५ रुपैयाँ प्रतिशेयर कायम भएको छ । यसैगरी युनाइटेड फाइनान्स लिमिटेडको ९.९५ प्रतिशतले बढेर ४२० रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ ।

आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डभलप कम्पनीको सबैभन्दा धेरै शेयरमुल्य घटेको छ । कम्पनीको प्रतिशेयर २६ रुपैयाँ अर्थात ५.५३ प्रतिशतले घटेर ४ सय ४४ रुपैयाँ कायम भएको छ ।

सबैभन्दा बढी कमाउने १० कम्पनीहरू यसप्रकार रहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय