Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा देशभर १ सय ५२ जनामा कोभिड १९ सङ्क्रमण पुष्टी

पछिल्लो २४ घण्टामा देशभर १ सय ५२ जनामा कोभिड १९ सङ्क्रमण पुष्टी

- Advertisement -spot_img

काठमाडौं | पछिल्लो २४ घण्टामा देशभर १ सय ५२ जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित बुलेटिन जारी गर्दै १ सय ५२ जनामा कोभिड पोजेटिभ भएको जानकारी दिएको छ। त्यस्तै कोभिडको कारण एक जनाको मृत्यु भएको छ। २४ घण्टामा ६५ जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म देशभर २ लाख ७७ हजार ४ सय ६१ जनामा कोभिड पोजेटिभ देखिएको छ।

अहिलेसम्म देशभर २२ लाख ७५ हजार ५ सय ४० जना मानिसको पिसिआर परीक्षण गरिएको छ। कोभिड १९ सङ्क्रमण भएका ३ हजार ३१ जना मानिसको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु