Information is intelligence
HomeNewsउपचारको अभावमा कष्टकर जीवन विताउदै ९१ बर्षिय द्रौपती

उपचारको अभावमा कष्टकर जीवन विताउदै ९१ बर्षिय द्रौपती

- Advertisement -spot_img

कास्की जिल्लाको मादी गाँउपालिका वडा नं ९ मैदानकी ९१ बर्षिय द्रौपती जम्मरकट्टेलले वित ७ वर्ष देखि एता विभिन्न रोगका कारण उपचारको अभावमा कष्टकर जीवन व्यतित गर्न बाध्य भएकी छिन् ।

स्थानीयवासीका अनुसार बर्षाैँ पहिले श्रीमानले कान्छी श्रीमती लिएर हिडेपछि ५ छोरी र १ छोरा गरी ६ जना सन्तानलाई ज्याला मजदुरी गरेर लालनपालन गरी विवाह समेत गराई सकेकी द्रौपती चैत महिनाको दोस्रो साता मादी ९ गर्जेमा आफ्नै घर नजिक पर्खालको सहायतामा झुत्रो गुन्द्री ओच्छ्याएर र झुत्रो गुन्द्री नै ओढेर बसेकी थिइन ।

५ छोरीहरु विवाह गरेर गैसकेका र आफु छोरा बुहारीसँग बसेको र छोरा पनि नशा तथा हाड जोर्नी रोगबाट ग्रसित भएको र दुबै जनाको स्याहार सुसार आफैँले गर्दै आएको बुहारी सम्झनाले बताइन ।

बुवाले अर्की श्रीमती लिएर हिँडे पछि आमाले निकै दुःख गरेर लालन पालन गर्नु भएको र घरको आर्थिक अवस्था कमजोर भएको कारण अस्पताल लगेर आमाको उपचार गर्न नसकेको उनका छोरा नरनाथ जम्मरकट्टेलले दुखेसो गरे ।

पोखराको फिस्टेल अस्पतालमा केही बर्ष पहिला आमालाई उपचार गर्न लगिएको यसै क्रममा पेट सम्बन्धी पनि समस्या देखिए पछि डाक्टरले पुन औषधी उपचारको लागि बोलाउनु भएको र पैसा अभावको कारण आमालाई अस्पताल लैजान नसकेको र नजिकको स्वास्थ्य चौकीबाट ७ वर्ष दिख ग्याष्ट्रिक र दमको औषधी ल्याएर खुवाएको पनि द्रौपतीका छोराले बताए ।

९१ वर्षकी द्रौपती विगत ७ वर्ष देखि बोल्न समेत सक्दिनन र हातको इशराले बोलाउने गर्छिन् । दम रोगका कारण कोठा भित्र मात्र बसिरहदा दमले बढी च्याप्ने हुँदा दिउसभरी चौरमा घाममा राख्ने र साझ परे पछि घरमा ल्याउने गरेको बुहारी सम्झना जम्म्कट्टेलले बताइन ।

आमा द्रौपती, छोरा नरनाथ, बुहारी सम्झना र दुई छोरीहरु नजिकै रहेको हिमालय मा.व. नजिकै जस्ताको छानो भएको सानो घरमा बस्दै आएका छन् ।

हिमालय मा.वि.को नयाँ भवनको अवलोकन मा जाने क्रममा उपचारको अभावमा कष्टकर जीवन विताउन बाध्य भएकी ९१ बर्षिय द्रौपतीलाई भेटेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारीले सरकारले ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारको व्यवस्था गरेको भनिएता पनि द्रौपती जस्ता दुरदराजमा रहेका धेरै जसो जेष्ठ नागरिकहरुले उपचार सेवा लिनबाट बञ्चित भएको बताए ।

साथै उनले यी ज्येष्ठ नागिरक द्रौपती जम्मरकट्टेललाई पोखरा स्थीत गण्डकी अस्पतालमा उपचारको लागि लैजान आग्रह गर्दै आफ्नो तर्फबाट उनको उपचारको लागि सक्दो सहयोग गर्ने समेत बताए । पोखरा स्थीत गण्डकी अस्पताल पुग्न मादी गाँउपालिका गोर्जे देखि करिब ४ घण्टा लाग्छ ।

रा.स.स.

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय