Information is intelligence
HomeSportsहालाण्डका बुबा र एजेन्टद्वारा बार्सिलोना र रियलका पदाधिकारीसँग भेट,कहाँ जालान?

हालाण्डका बुबा र एजेन्टद्वारा बार्सिलोना र रियलका पदाधिकारीसँग भेट,कहाँ जालान?

- Advertisement -spot_img

एजेन्सी | जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर अर्लिङ हालाण्डका बुबा र एजेन्टले दुई स्पेनिस ठुला क्लब रियल मड्रिड र बार्सिलोनाका पदाधिकारीसँग भेट गरेका छन् ।

हालाण्डको सम्भावित सरुवाका लागि उनका बुबा अल्फ–इग्ने हालाण्ड र एजेन्ट मिनो राइओलाले स्पेनिस क्लबका पदाधिकारीसँग भेट गरेका हुन् ।

स्पेनको भ्रमण गर्दै उनीहरुले रियलका अध्यक्ष फ्लोरेनटिनो पेरेज र बार्सिलोनाका जोन लापोर्टासँग भेटेको बताईएको छ । २० वर्षीय हालाण्डलाई अनुबन्धका लागि पछिलो समय युरोपका ठुला क्लबले चासो दिएका छन् । त्यसैले हालाण्डको बुबा र एजेन्टको स्पेन भ्रमणलाई अर्थपूर्ण रुपमा लिईएको छ ।

यस सिजन हालाण्डले क्लब र राष्ट्रका लगी ३९ गोल गरिसकेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु