Information is intelligence
HomeNewsधरानतर्फ जाँदै गरेको सवारी दुर्घटना, १५ घाइते

धरानतर्फ जाँदै गरेको सवारी दुर्घटना, १५ घाइते

- Advertisement -spot_img

सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् ।

बीस मिटरमाथिबाट गाडी पल्टिँदा दुर्घटना भएको हो । अहिले घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरी बल सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु