Information is intelligence
HomeEconomyअजोडको शेयरमूल्यमा कसरी अस्वभाविक वृद्धि? के सूचना चुहावट भएकै हो ?

अजोडको शेयरमूल्यमा कसरी अस्वभाविक वृद्धि? के सूचना चुहावट भएकै हो ?

- Advertisement -spot_img

अजोडको  शेयर मूल्य सोमबारदेखि बढ्न थालेको हो । त्यसयता हरेक दिन सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्दै आएको छ। अजोडको शेयरमूल्यमा अस्वभाविक वृद्धि भइ अन्तिम दिन प्रतिकित्ता रू. १ हजार ३१ कायम भएको छ ।

के सूचना चुहावट भएकै हो ?

कम्पनीले चैत १७ गते मंगलवार ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै वैशाख ७ गतेका लागि तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको हो । कम्पनीको हकप्रद शेयर निष्कासनको विषय पहिले नै चुहावट भएकोले अजोडको  शेयर मूल्य सोमबारदेखि बढ्न थालेको भन्ने धेरैको शंका छ ।

अघिल्लो दिनदेखि नै कम्पनीको शेयरमूल्य अस्वभाविक रुपमा बढेकाले कम्पनीले सूचना चुहावट गरी भित्रि कारोबार गरेको आरोपमा लगानीकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित ७ जना विरुद्ध लगानीकर्ताहरुले उजुरी समेत दिएका छन् र नेप्सेले पनि सूचना चुहावटको प्रमाण भएमा कारवाही गर्ने बताइरहेका छ ।

लगानीकर्ताहरुले सूचना चुहावट गरेको भएपनि प्रमाण नभएका कारण कारवाही गर्न नमिल्ने भनेर नेप्सेले बताएको छ ।

सूचना चुहावट भएकै या होइन तपाईहरुलाई के लाग्छ ?

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु