Information is intelligence
HomeBusinessभकुण्डाेप्रेमीहरूलाई जाेड्ने भकुण्डाे

भकुण्डाेप्रेमीहरूलाई जाेड्ने भकुण्डाे

- Advertisement -spot_img

विश्वभरी नै पछिल्लाे समय इण्डाेर गेमकाे क्रेज बढ्दाे छ । इण्डाेरमा पनि फुटसल खेल निकै चर्चित छ । सानाे टीममा प्रतिस्पर्धात्मक खेल निकै राेमाञ्चक हुने भएकाले छाेटाे समयमा नै युवापुस्तामाझ रूचाइएकाे खेल बन्न पुगेकाे छ । ठूलाे चाैरमा खेल खेल्न असम्भवजस्तै भएकाे शहरिया जीवनशैलीमा फुटशलले खेलाडी तथा अन्य साथीभाइ जम्काभेट गरी रमाइलाे गराैँ भन्ने मानिसहरूलाई पनि  जाेड्ने गरेकाे छ । यही परिवेश र जीवनशैली अनुसार प्रविधिकाे उच्चतम सदुपयाेगमार्फत फुटशल व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले भकुण्डाे एप्लिकेशन सुरू भएकाे छ ।

फुटसलकाे लाेकेशन र अव्यवस्थित व्यवस्थापनबाट आजित भएपछि दिमागमा भकुण्डाेकाे आइडिया आएकाे यसका निर्माता बताउँछन् ।

मार्केट प्राे प्राइभेट लिमिटेडकाे प्राेडक्ट भकुण्डाे एप्लिकेशनबारे प्रश्न गर्दा यसका सञ्चालक कमल बहादुर शाहीले स्थानीयस्तरमा रहेका फुटसलहरूमा आफूले चाहेकाे समयमा चाहेकाे टीमसँग प्रतिस्पर्धा गर्न पाइयाेस् , एप्लिकेशनमार्फत नै अन्य टीमहरूका बारे जानकारी लिन सकियाेस् , एप्लिकेशनबाट नै फुटसलहरूकाे बारेमा सम्पूर्ण  जानकारी प्राप्त गर्न सकियाेस भन्ने उद्देश्य रहेकाे बताउँछन् ।

उनका अनुसार एप्लिकेशनमार्फत आफ्नाे लाेकेशन अनुसार फुटशल छान्न पाइने , एप्लिकेशनमा आफ्नाे टीम निर्माण गर्न पाइने , टीम म्यानेज गर्न पाइने , आफ्नाे टीम र अन्य टीमबीच खेल खेल्न इन्भाइट गर्न सकिने , रियल टाइम समाचारहरू पढ्न पाइने , अन्य टीम तथा व्यक्तिहरूकाे टाइमलाइनमा विभिन्न रियाक्टहरू गर्न सकिने तथा विभिन्न फुटसलहरूले प्रदान गर्ने अफरहरूकाे बारेमा एप्लिकेशनमार्फत नै जानकारी लिएर त्यसकाे उपयाेग गर्न सकिने लगायतका सुविधाहरू उपलब्ध रहेका छन् ।

फुटबलप्रेमी युवापुस्ताहरूलाई लक्षित गरी याे एप्लिकेशन निर्माण गरिएकाे सञ्चालक शाही बताउँछन् ।

फुटबलप्रेमीहरूले किन भकुण्डाे नै राेज्ने ? याे प्रश्नमा शाही भन्छन् – तपाइँकाे आफ्नाे टीम र अन्य टीमबीच जहिलेसुकै , जहाँसुकै खेल खेल्न मन लागेमा याे एप्लिकेशनमार्फत फुटशल बुक गर्न पाउनुहुन्छ, तपाइँ कहिँ कतै एक्लै भएकाे बेलामा तपाइँलाई फुटशल खेल्न मन लागेमा याे एप्लिकेशनमार्फत तत्काल उक्त ठाउँकाे टीम खाेजी खेल खेल्न पाउनुहुन्छ । साथै रियल टाइम समाचारहरूसमेत याे एप्लिकेशनमार्फत पढ्न सक्नुहुन्छ ।

एप्लिकेशनमा के कस्ता सुविधाहरू रहेका छन् ?

  • टीम निर्माण गर्न सकिन्छ
  • टीमहरूकाे भेला गर्न सकिन्छ
  • नजिकैकाे फुटसल छान्न सकिन्छ
  • फुटसलकाे बारेमा जानकारी लिई फुटसल बुकिङ गर्न सकिन्छ
  • विभिन्न टीमहरूसँग खेल खेल्ने समय तय गर्न सकिन्छ
  • रियल टाइम बुकिङ गर्न सकिन्छ
  • रियल टाइम समाचारलगायतका सुविधाहरू एप्लिकेशनमार्फत लिन सकिन्छ ।

अक्सर नेपाली समुदायमा लगानीकाे समस्या रहने गरेकाेमा कमललाई भने लकडाउनमा गरेकाे कमाइ र परिवारकाे साथ रहेकाे बताउँछन् । “लकडाउनभरि अर्काकाे कामहरू धेरै गरेँ र केही पैसा जम्मा गरेकाे थिएँ । त्यसपछि आफूले नै केही गर्नुपर्छ भन्ने लागेर एप्लिकेशन सुरू गरेँ “उनी भन्छन् ।

उनकाेे लक्ष्य भकुण्डाेबाट नै नेपालीहरूले विश्वकप फुटबल लाइभ हेर्न पाउन् भन्ने छ । साथै नेपालका ७७ वटै जिल्लामा स्थापित फुटसलहरूकाे व्यवसायिकतामा केही हातेमालाे गर्न सकियाेस भन्ने रहेकाे छ ।

नेपालमा बसेर केही पनि गर्न सकिँदैन भन्ने समाजलाई उनी सजिलै चुनाैति दिन चाहन्छन् । मेहेनत र आत्मशक्ति भएपछि कुनै कुरा असम्भव नहुने उनी बताउँछन् । त्यसका लागि लगनशीलता र धीरता भने आवश्यक पर्ने उनकाे भनाइ छ ।

अहिले उनी आँफै मार्केटिङका लागि विभिन्न फुटसलहरू धाइरहेका छन् । फुटसलहरूकाे सकारात्मक प्रतिकृयाबाट कमल निकै नै उत्साहित छन् । विभिन्न फुटसलहरूमा आँफै पुगेर फुटसल खेल पनि खेलिरहेका छन् । त्यहाँ उपस्थित खेलाडीहरूलाई आफ्नाे याेजनाबारे कुरा गरिरहेका छन् । “सबै उत्सुक हुनुहुन्छ , सकारात्मक साेच र उर्जा पाइरहेकाे छु” उनी हाँस्दै भन्छन् ।

साथीभाइकाे सहयाेग र साथका कारण नै याे एप्लिकेशन तयार भएकाे छ । अब पनि साथीभाइका साथै समग्र खेलप्रेमी साथीहरूकाे सहयाेगले आफ्नाे सपना पुरा गर्ने उनकाे उद्देश्य रहेकाे छ ।

Vakundo – Book, Manage Futsal, Invite, Play Match – Apps on Google Play
Vakundo is a free platform for football lovers on their smartphones. It’s changing the way of, world’s futsal booking and managing both their teams and futsal. With Vakundo, you’ll be able to access wide range of futsal’s with great real-time booking experience. It offers a quick, easy and reliable …

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय