Information is intelligence
HomeOpinionओलीले देलान् त राजीनामा ? कतातिर छ ध्यान ?

ओलीले देलान् त राजीनामा ? कतातिर छ ध्यान ?

- Advertisement -spot_img

नेपाली कांग्रेस केन्द्रिय समितिकाे बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामा माग गर्दै सरकारकाे नेतृत्व अब कांग्रेसकाे अग्रसरतामा गर्ने निर्णय गर्याे । उता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नयाँ सरकार बन्ने र त्यसकाे केन्द्रमा आफू हुने भाषण गर्दैगर्दा प्रधानमन्त्री जवाफ दिन व्यस्त थिए । उनले राजीनामा अहिलेदेखि माग्न थालेकाे हाे र ? मागेका मागै छन् नि । समर्थन फिर्ता लेउ न राजीनामा आइहाल्छ नि भन्दै कांग्रेस र माओवादीलाई जवाफ दिन भ्याए ।

प्रधानमन्त्रीकाे जवाफ आएपछि नेकपा माओवादीले आइतबार संसद सचिवालयमा पत्र लेख्दै सरकारलाई दिएकाे समर्थन फिर्ता लिने आशय व्यक्त गरेकाे छ । प्रधानमन्त्रीले विश्वासकाे मत नलिने अनि माओवादीले समर्थन फिर्ता नलिने अवस्थामा ओलीलाई सजिलाे भइरहेकाे थियाे । उनी विभिन्न आयाेजनाहरू शिलान्यास गर्नदेखि औपचारिक हस्तान्तरण नभइसकेकाे मेलम्ची खानेपानी आयाेजनाकाे सुरूवात गर्नसमेत व्यस्त भइरहे ।

माओवादीकाे छटपटी
प्रधानमन्त्रीकाे यस्ताे आनन्दकाे समय देखेर माओवादी भने छटपटिएकाे थियाे । अध्यक्ष प्रचण्ड कहिले नेपाली कांग्रेसलाइ सरकारकाे नेतृत्व गर्नुपर्याे भन्दै पुग्थे त कहिले मधेसवादी दलहरूलाइ मिलाउन भन्दै भेटघाट गर्थे । तर काेहीपनि अग्रसर देखिएनन् । नेपाली कांग्रेस तथा मधेशवादी दलहरूमा प्रचण्डकाे प्रस्तावलाइ लिएर दुइ धार देखिए । यस्ताेमा प्रचण्ड निकै हतास मनस्थितिमा कहिले फेरी बन्दुक बाेक्ने कुरा गर्दै हिँडेभने कहिले लाेकतन्त्र र समाजवादकाे नारा दाेहाेर्याउँदै हिँडे ।

शुक्रबार बेलुका नेपाली कांग्रेसकाे केन्द्रिय समिति बैठकले अबचाँही प्रधानमन्त्रीकाे राजीनामा माग गर्नुपर्छ भन्दै निर्णय गर्याे । उक्त खबर चाल पाउनासाथ प्रचण्डले तराइमा भाषण गरे – अब केही दिनमा नै नयाँ सरकार गठन हुँदैछ । अबकाे नयाँ सरकार हाम्रै नेतृत्वमा गठन हुनेछ । त्यसमा दुइमत छैन । ” माओवादी पार्टी केही ढुक्कमा परेकाे देखिन्छ ।

तर, माओवादी केन्द्रमा अब बाँकी रहेका नेताहरूले प्रचण्डलाई कति साथ देलान् त्याे त आगामी दिनमा देखिएला नै ।

एमालेभित्रकाे अवस्था
सरकार गठनदेखि परिवर्तनसम्मकाे अवस्था हेर्दा नेकपा एमाले निकै भिन्न भइसकेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीकाे शपथग्रहण गर्दै गर्दाकाे अवस्था र प्रधानमन्त्रीले मेलम्ची खानेपानी आयाेजना काठमाडाैँमा भित्र्याउँदै गर्दा एमाले एकबाट दुई हुन लागेकाे अवस्थामा पुगेकाे छ । पार्टीभित्र गुट उपगुटहरू प्रशस्त माैलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले हालसम्म  माधव नेपाल , भिम रावल, घनश्याम भूषाल , सुरेन्द्र पाण्डे लगायतका नेतालाई ६ महिनाका लागि निलम्बन गरिदिएका छन् ।

उता माधव नेपाल झलनाथ खनाल पक्षले उक्त कारबाही नमान्ने भन्दै देशैभरि वडास्तरसम्म समानान्तर कमिटी गठन गर्ने निर्णय गरेकाे छ । जसअनुसार उसले युवा संघ र अनेरास्ववियुकाे संगठन संरचना बनाइसकेकाे छ । अझै सशक्त ढंगले अघि बढ्ने भन्दै शनिबार २ महिने एकता अभियानसमेत घाेषणा गरेकाे छ । नेपाल कम्युनिष्ट पार्टी नेकपामा हुँदा प्रधानमन्त्रीलाइ घिसारेर बालुवाटारबाट बालकाेट पुर्याउने अभिव्यक्ति दिएकाे समूह अहिले पार्टी एकता अभियान घाेषणा गरेर अघि बढेकाे छ।

नेपाली कांग्रेसकाे दाउ
गत पुष ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपश्चात् नेपाली कांग्रेसका दुइ पक्षले लगातार दुइथरी कुरा गरिरहे । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पाैडेलसमूह एकापसमा जुधिरहे तर एकैथरी कुरा कहिले भएन । प्रतिनिधि सभा विघटन सर्वाेच्च अदालतले बदर गरिदियाे । नेपाल कम्युनिष्ट पार्टीकाे बैधानिकता नरहेकाे भन्दै पार्टी एकतासमेत बदर गरिदियाे । त्यसपछि सबै मुख्य पार्टीका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाइ भेटे । कसैले सरकारकाे नेतृत्व गर्ने प्रस्ताव राखे त कसैले सहयाेगकाे प्रस्ताव राखे । तर, शेरबहादुर देउवा कसैलाइ केहि जवाफ नदिइ बसिरहे ।

पार्टीभित्र रामचन्द्र पाैडेल समूहले प्रधानमन्त्रीकाे विराेधमा सभापतिले बाेल्नुपर्ने बताइरहे । आन्दाेलनकाे माग गरिरहे । तर सभापति पैसा छैन भन्दै चुप बसिरहे । नेकपा एमालेमा भएकाे अन्तरसंघर्षले पार्टी फुट्ने अवस्था देखिएकाे र आफू नै प्रधानमन्त्री बन्ने अवस्था देखेपछि भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापनि प्रधानमन्त्रीकाे राजीनामा माग्न तयार भए । सजिलै प्रधानमन्त्री पद पाउने भएपछि देउवा माैकामा चाैका हान्ने दाउमा बसेकाे प्रष्ट देखिन्छ ।

प्रधानमन्त्रीकाे ध्यान कता ?
धेरैले अपेक्षा गरेका थिए गत फागुन ११ गते सर्वाेच्च अदालतले प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिले गरेकाे प्रतिनिधिसभा विघटनकाे निर्णय बदर गरिदिएपछि प्रधानमन्त्रीले नैतिकताकाे आधारमा राजिनामा दिन्छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सबैकाे अपेक्षाविपरित अझै बलियाे भएकाे देखाउँदै सरकार सञ्चालन गरिरहे । कसैले बाधा पुर्याएकाे देखिएन । बलियाे तरिकाले बिराेध पनि भएन । उनी अघि बढिरहे । काम गरिरहे ।

सरकारलाइ समर्थन गरेकाे नेकपा माओवादीले सरकारकाे विराेध गरिरह्याे तर समर्थन फिर्ता लिएन । जसबाट प्रधानमन्त्रीले माओवादीकाे समर्थन फिर्ता लिने हिम्मत नभएकाे टिप्पणीसमेत गर्न भ्याए । उखान टुक्काका लागि माहिर प्रधानमन्त्रीले कसैलाइ टिक्न दिएनन् आफ्ना उखान टुक्काका अघि ।

उनी विभिन्न याेजना , परियाेजनाहरूकाे शिलान्यास गर्न व्यस्त भए । विभिन्न टेलिभिजन , अनलाइन मिडियासम्मलाइ अन्तरवार्ता दिन व्यस्त भए । मेलम्ची खानेपानी काठमाडाैँमा भित्र्याउन व्यस्त भए । अर्काे वर्ष बृद्धभत्ता बढाउँछु भन्नसमेत भ्याए । तर , विपक्षीहरूकाे कुरा सुन्न भ्याएनन् । एकातिर निर्णय गरेर उनी अर्कातिर पुगे । विराेधकाे स्वर सुन्नै नचाहने जस्ताे प्रतिनिधि सभाकाे बैठक बस्नुभन्दा अघि नै उनी बैठककक्षबाट बाहिरिए ।

प्रधानमन्त्रीकाे यस्ताे हर्कतबाट आजित बनेका अन्य दलहरू नेपाली कांग्रेसले केही निर्णय नगरेसम्म केही गर्न नसकिने भन्दै औपचारिक , अनाैपचारिक भेटघाट गर्न व्यस्त देखिए । यता प्रधानमन्त्री भनै अर्कै कथा लेख्दै थिए । उनले एक भाषणमा भनिदिए । समर्थन फिर्ता गर ।

हालकाे प्रतिनिधिसभाकाे अंकगणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत दिँदै फेरी सबैलाइ हिस्स बनाउने कथा प्रधानमन्त्रीकाे माैनताले बाेलेकाे देखिन्त । अन्तरवार्ताहरूमा आराेप प्रत्याराेपमा मात्र समया बिताउने प्रधानमन्त्रीकाे भित्री चाल बुझ्न भने अझै केही दिन नेपालकाे राजनीतिलाइ नियाल्नुपर्ने हुन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु