Information is intelligence
HomeInternationalबलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टी

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टी

- Advertisement -spot_img

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टी भएको  छ ।

उनले एक ट्वीटमार्फत् यसबारे जानकारी दिएका हुन् । उनले लेखे, ‘म सबैलाई यो सूचना दिन चाहन्छु कि आज बिहान मेरो कोभिड रिपोर्ट आएको छ जसमा म कोभिड पोजेटिभ पाइएको छु । सबै नियमको पालना गर्दै मैले आफूलाई आइसोलेट गरेको छु र म होम क्वारेन्टिनमा छु र आवश्यक औषधी लिइरहेको छु ।’

अक्षय कुमारले लेखे, ‘पछिल्ला दिन मसँग जो सम्पर्कमा आउनुभएको छ, म उहाँहरु सबैलाई यो अनुरोध गर्न चाहन्छु कि तपाईंहरुले पनि आफ्नो कोभिड परीक्षण गराउनुहोस् र आफ्नो ख्याल राख्नुहोस् । म चाँडै नै एक्सनमा फर्कनेछु ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु