Information is intelligence
HomeSportsरोनाल्डोको गोलले हारबाट जोगियो युभेन्ट्स

रोनाल्डोको गोलले हारबाट जोगियो युभेन्ट्स

- Advertisement -spot_img

‘इटालियन सिरि ए’ मा युभेन्ट्स र टोरिनो बराबरीमा रोकिएका छन् । शनिबार राति भएको खेलमा युभेन्ट्स र टोरिनो २–२ गोलको बराबरीमा रोकिएका हुन् ।

खेलको १३ मिनेटमा चिएसाले युभेन्ट्सका लागि पहिलो गोल गरे भने टोरिनोका लागि सानाब्रियाले दुई गोल गरेका थिए ।

खेलको ७९ मिनेटमा युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए । रोनाल्डोको अन्तिम गोलबाट युभेन्ट्स हारबाट जोगिएको थियो ।

खेल बराबरी खेलेसंगै युभेन्ट्सको शीर्ष स्थानमा रहेको इन्टर संग अंक दुरी घटाउने मौका भने गुमेको छ । २८ खेलमा ५६ अंक जोडेको युभेन्ट्स  शीर्ष स्थानमा रहेको इन्टर भन्दा १२ अंकले पछि छ भने हाल तालिकाको चौथौं स्थानमा छ भने टोरिनो २४ अंक सहित तालिकामा पुछारबाट चौथौ स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु