Information is intelligence
HomeInternationalभारतमा एकैदिन ९३ हजारभन्दा बढी नयाँ संक्रमित

भारतमा एकैदिन ९३ हजारभन्दा बढी नयाँ संक्रमित

- Advertisement -spot_img

भारतमा पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ९३ हजार २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतमा साढे ६ महिनापछि एकैदिन यति धेरै संख्यामा नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि एक करोड २४ लाख नाघेको छ ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५१३ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६४ हजार ६२३ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु