Information is intelligence
HomeSportsम्यानचेष्टर सिटी र लिभरपुल विजयी, चेल्सीको लजास्पद हार

म्यानचेष्टर सिटी र लिभरपुल विजयी, चेल्सीको लजास्पद हार

- Advertisement -spot_img

म्यानचेष्टर सिटी र लिभरपुल प्रिमियर लिगको पछिल्ला खेलमा विजयी भएका छन् । शनिबार राति भएको खेलमा लिग लिडर म्यानचेष्टर सिटीले तेस्रो स्थानको लेस्टर सिटीलाई २-० ले पराजित गर्दे उपाधि होड मजबुत बनाएको छ ।

अब लिगमा ७ खेल खेल्न बाँकी रहेको सिटीले चार खेल जितेमा उपाधि जित्नेछ । लेस्टरको मैदानमा भएको खेलमा सिटीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । बेन्जामिन मेन्डीले ५८औं र गाब्रीएल जेससले ७४औं मिनेटमा गोल गरे ।

जितपछि सिटीले ३१ खेलबाट ७४ अंक जोडेको छ । लेस्टरको ३० खेलबाट ५६ अंक छ ।

यस्तै डिएगो जोटाको दुई गोल मद्धतमा लिभरपुलले आर्सनललाई उसैको मैदानमा ३-० ले पराजित गरेको छ । घरेलु मानमा आर्सनलले लिभरपुललाई पहिलो हाफमा गोल रहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा लिभरपुलले ३ गोल गर्‍यो ।

लिभरपुलको लागि जोटाले ६४औं र ८२औं मिनेटमा गोल गरे । मोहम्मद सालाहले ६८औं मिनेटमा गोल गरे । जितपछि ३० खेलबाट ४९ अंक जोड्दै लिभरपुल पाँचौ स्थानमा उक्लेको छ । समान खेलबाट ४२ अंकसहित आर्सनल नवौं स्थानमा छ ।

हिजोनै भएको अर्को खेलमा चेल्सी वेस्ट ब्रोमसँग ५–२ ले पराजित भएको छ। सुरुवाती अग्रता जोगाउन नसक्दा १० खेलाडीमा सीमित चेल्सी पराजित भयो ।

वेस्ट ब्रोमको जितमा म्याथ्यु पेरेइरा र रोबिन्सनले २–२ र डियाग्नीले १ गोल गरे ।
चेल्सीका लागि क्रिस्टियन पुलिसिच र मासन माउन्टले एक एक गोल गरे ।

हारसँगै चेल्सीले ३० खेलमा ५१ अंक सहित चौथो स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु