Information is intelligence
HomeSportsनेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह, किन हटाइयो बालगोपाल महर्जन ?

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह, किन हटाइयो बालगोपाल महर्जन ?

- Advertisement -spot_img

काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् ।

एन्फाले आइतबार अब्दुल्लाहलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। एन्फाका अनुसार अब्दुल्लाहलाई एक वर्षका लागि नियुक्त गरिएको छ ।

यसअघि नेपालकै बालगोपाल महर्जन प्रशिक्षकको भूमिका थिए र उनले नेपाललाई थ्री नेसन्स कप दिलाएका थिए । विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो ।

यसअघि उनले कतार, किर्गिस्तान, साउदी अरेबिया र कुवेतका विभिन्न टिम सहमालेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु