Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा १७६ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १७६ जना कोरोना संक्रमित

- Advertisement -spot_img

काठमाडौं | पछिल्लो २४ घण्टामा मुलुकभर थप १७६ जना कोरोना संक्रमित थपिएका छन्। ३ हजार ४५६ जनाको पीसीआर परीक्षण गर्दा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७७ हजार ८१६ पुगेको छ। पछिल्लो २४ घण्टामा ११७ जना संक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ७९ पुगेको छ।

मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ६७२ रहेको छ। आज उपत्यकामा ९९ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ८७ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय