Information is intelligence
HomeSportsकिरण सातामा एसियाकै उत्कृष्ट खेलाडी, सामाजीक संजालमा यस्तो लेख्दै खुसी साटे

किरण सातामा एसियाकै उत्कृष्ट खेलाडी, सामाजीक संजालमा यस्तो लेख्दै खुसी साटे

- Advertisement -spot_img

काठमाडौं । राष्ट्रिय फुटवल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एएफसी इन्टरनेशल प्लेयर अफ द विक भएका छन् ।

एसियन फूटबल कन्फेडेरेसनले भोटिङका आधारमा चेम्जोङलाई साताको उत्कृष्ट खेलाडी छनोट गरेको हो । नेपाली टीमका गोलरक्षक किरणले ५५ दशमलव ६९ प्रतिशत मत प्राप्त गरेका छन् ।उनका निकटम प्रतिद्वन्द्वी साउदी अरेबियाका सलेह अल शेहरीले २० दशमलव ७२ प्रतिशत मत पाए ।

उनि मनोनयनमा पर्ने र उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

किरणले सामाजीक संजाल यस्तो लेखेका छन् :

‘यो वर्ष मेरो लागि भाग्यमानी सावित भएको छ । म एकदमै गौरवान्वित छु । नेपालको इतिहासमै यो पहिलो पटक मनोनयनमा परेको र जितेको हो । यो हाम्रो लागि उपलब्धि हो र गर्वको क्षणसमेत हो, हामी सँगै मिलेर काम गरे जे पनि सम्भव छ भन्ने उदाहरण हो । मतदानका लागि विशेष धन्यवाद । यो मेरो लागि धेरै हो । सबैलाई माया र समर्थनका लागि धन्यवाद । राष्ट्रलाई गर्व गराउन म अझै कडा मिहिनेत गर्नेछु । सबैलाई माया । मेरो राष्ट्र मेरो शान, जय चन्द्र सूर्य’

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय