Information is intelligence
HomeNewsसवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

- Advertisement -spot_img

मकवानपुरको हेटाैँडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्किदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । हेटाैँडा उपमहानगरपालिका–१० का निवासी उनको आज उपचारकाे क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको  प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट  आउँदै गरेको ना४१प ६४३६ नंको  मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्किदा सो दुर्घटना भएको बताइएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम  लामा रहेको बताइएको  छ ।  उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु