Information is intelligence
HomeEconomyरु रुको आइपीओ भर्ने आज अन्तिम दिन,अहिलेसम्म कति पर्याे आवेदन ?

रु रुको आइपीओ भर्ने आज अन्तिम दिन,अहिलेसम्म कति पर्याे आवेदन ?

- Advertisement -spot_img

रु रु जलुविद्युत परियोजनाको आइपीओ भर्ने मंगलबार (चैत २४ गते) अन्तिम दिन हो । कम्पनीले चैत २० गतेदेखि सर्वसाधारणका लागि प्रिमियम भाउमा आइपीओ निष्कासन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेकामा ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

रु रु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ । यद्दपी, मागभन्दा अत्याधिक धेरै आवेदन परिसकेकाले १० कित्ता सेयर पाउन पनि भाग्यमै भर पर्नुपर्ने भएको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

हालसम्म कति पर्याे आवेदन ?
सोमबार साँझ ५ बजेसम्म १ करोड ८६ लाख ५९ हजार ९६० कित्ताका लागि आवेदन परिसकेको छ । १३ लाख १ हजार ३८४ जनाले कुल १ अर्ब ८६  करोड ५९ लाख ९६ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो सर्वसाधारका लागि बिक्री खुला गरिएको ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ४९.२१ गुणा बढी आवेदन हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु