Information is intelligence
HomeSportsअन्तिम समयकाे गाेलमा बार्सिलाेना विजयी

अन्तिम समयकाे गाेलमा बार्सिलाेना विजयी

- Advertisement -spot_img

उपाधि होडमा बार्सिलोनाले आफ्नो दाबीलाई बलियो बनाएको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा रियल भालाडोलिडमाथि १–० को जित निकाल्दै बार्सिलोना दोस्रो स्थानमा पुग्न सफल भएको छ ।

उसले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी एकमा झारेको छ ।

घरेले मैदानमा भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित भएको भालाडोलिडलाई पराजित गरेको हो ।

७९ औँ मिनेटमा प्लानोले सीधै रातो कार्ड पाएपछि रियल भालाडोलिड १० खेलाडीमा सीमित भयो । बार्सिलोनाका लागि ९० औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरेका हुन् ।

जितपछि बार्सिलोनाको २९ खेलबाट ६५ अंक भएको छ । समान खेलबाट शीर्ष स्थानको एथ्लेटिको मड्रिडका ६६ तथा तेस्रो स्थानको रियल मड्रिडको ६३ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय