Information is intelligence
HomeInternationalप्रहरीले दण्डस्वरूप ३०० पटक उठबस गराएका एक व्यक्तिको मृत्यु

प्रहरीले दण्डस्वरूप ३०० पटक उठबस गराएका एक व्यक्तिको मृत्यु

- Advertisement -spot_img

कोरोनाभाइरस नियन्त्रणका लागि लागु गरिएको क्वारन्टीन नियमको अवज्ञा गरेको भन्दै प्रहरीले दण्डस्वरूप ३०० पटक उठबस गराएका फिलिपिन्समा एक व्यक्तिको मृत्यु भएको उनको परिवारले जनाएको छ।

बिहीवार स्थानीय समयानुसार साँझको ६ बजेपछि कभाइट प्रान्तमा पानी किन्दै गरेका ड्यारेन मानाओग पेनारेडोन्डोलाई प्रहरीहरूले रोकेका थिए।

दण्ड पाएको भोलिपल्ट उनी अचेत भएर लडे र त्यसको केही समयमै उनको मृत्यु भयो।

कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लुजोन टापुस्थित कभाइ प्रान्तमा कडा लकडाउन गरिएको छ।

जेनरल ट्राएस सिटीका प्रहरी प्रमुख मार्लो सोलेरोले कर्फ्यूसम्बन्धी नियम उल्लङ्घन गर्ने व्यक्तिलाई भौतिक दण्ड दिने नियम नभएको र उनीहरूलाई प्रहरीले सम्झाइबुझाइ मात्रै गर्ने गरेको बताएका छन्।

उनका अनुसार पेनारेडोन्डो र लकडाउनसम्बन्धी नियम उल्लङ्घघन गर्ने अन्य केही व्यक्तिलाई प्रहरीले एकै पटक सकिनेगरी १०० पटकसम्म उठबस गर्न लगाएको थियो।

उनका अनुसार सबैले एकै पटक त्यसो गर्न नसके पूरा व्यायाम दोहोर्‍याउनुपर्ने आदेश दिइएको थियो।

त्यसैले उक्त समूहका सबै जना ३०० पटक उठबस गर्न उठबस गर्न बाध्य भएको बताइएको छ।

पेनारेडोन्डो स्थानीय समयानुसार शुक्रवार बिहान करिब ६ बजे घर पुगेको उनका भाइले जानकारी दिए। सँगै बस्दै आएकी प्रेमिकाले स्थानीय सञ्चारमाध्यमलाई पेनारेडोन्डो शुक्रवार दिनभरि हलचल गर्न गाह्रो महसुस गरेको बताइन्।

“दिनभरि उनलाई हिँड्न असहज भइरहेको थियो र उनी बामे सरिरहेका थिए। तर उनले यो सामान्य शारीरिक दुखाइ मात्रै रहेको बताएको हुँदा मैले त्यति धेरै गम्भीर रूपमा लिइनँ,” रेचेलिन बाल्सले भनिन्।

त्यसको भोलिपल्ट उनी अचेत भएर लडे र केही समयमा सास फेर्न छाडे।

बाल्सले उनको सास फर्काउन छिमेकीहरूसँग सहयोग मागिन्। तर केही समयमै उनको मृत्यु भइसकेको थियो। बिबिसी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु