Information is intelligence
HomeEconomy३ कम्पनीको शेयर मूल्यमा उच्च गिरावट, कारणसहित

३ कम्पनीको शेयर मूल्यमा उच्च गिरावट, कारणसहित

- Advertisement -spot_img

साताको तेस्रो कारोबार दिन मंगलवार ३ ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ ।

१२:३५ बजेसम्ममा सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको छ ।

त्यसैगरी सोही अवधिसम्ममा अजोड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ८  दशमलव ४१ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ७ दशमलव ४४ प्रतिशतका दरले घटेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको हकमा कम्पनीले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसदिन लगानीकर्ताले अपेक्षा अनुरुपको लाभांश नआएका कारण किन्नेभन्दा बेच्ने धेरै भएकाले उच्च गिरावट आएको हो ।

त्यसैगरी अजोड इन्स्योरेन्स कम्पनीले एक साता अगाडि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको थियो । भित्री कारोबार भएको भन्दै धितोपत्र बोर्डले छानविन समिति गठन गरेको र हकप्रद शेयरका सम्वन्धमा बीमा समितिसमेत ध्यानाकर्षण भएको बताएपछि उक्त कम्पनीको शेयर मूल्य घट्न पुगेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु