Information is intelligence
HomeNewsकालीकोटमा दुर्लभ हाब्रे

कालीकोटमा दुर्लभ हाब्रे

- Advertisement -spot_img

कालीकोटको शुभकालिका गाउँपालिका–६ हाउडी लेकमा दुर्लभ रेडपाण्डा(हाब्रे) भेटिएको छ ।

सोमबार हाउडी लेकको जङ्गलमा रेडपाण्डा भेटिएको हो । लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डा विश्वको दुर्लभ स्तनधारी जनावर हाउडीको जङ्गलमा भेटिएको शुभकालिका गाउँपालिकाका–६ का वडाध्यक्ष कर्णबहादुर केसीले बताए ।

“मानवीय गतिविधिका कारण पछिल्लो समय रेडपाण्डा निकै लोपोन्मुख अवस्थामा छ”, उनले भने । दुर्लभ जनावरका रुपमा रहेको रेडपाण्डालाई संरक्षण गर्ने नीति रहेको वडाध्यक्ष केसीले बताए । “रेडपाण्डा संरक्षणको छुट्टै नीति गाउँपालिकाले बनाएको छ”, उनले भने, “चोरी शिकारीका कारणले रेडपाण्डा लोप हुँदै गएका छन् ।” हाल नेपालमा ५०० मात्रै रेडपाण्डा रहेकोमा त्यसमध्ये ४३ प्रतिशत रेडपाण्डाको बासस्थान कर्णालीमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु