Information is intelligence
HomeHealthकहिलेसम्म रहन्छ वायु प्रदुषण ? के भन्छन् विज्ञहरू ?

कहिलेसम्म रहन्छ वायु प्रदुषण ? के भन्छन् विज्ञहरू ?

- Advertisement -spot_img

नेपालमा पछिल्लाे समय वायुप्रदुषणका कारण धेरै सर्वसाधारणले दुःख पाइरहेका छन् । सर्वसाधारणहरूकाे आँखा पाेल्ने , कफ लाग्ने लगायतका समस्याका कारण अस्पतालहरूमा लामाे लाइन लाग्ने गरेकाे छ । याे अवस्थाबाट सर्वसाधारणले कहिले मुक्ति पाउलान् त ?

काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा आज पनि वायु प्रदूषणको अवस्था स्थिर रहेको छ ।विज्ञहरूका अनुसार अब नेपालमा ठूलाे मात्रामा पानी र ठुलाे हावाहुरी नआएसम्म माैसम सफा हुन सक्दैन ।

अघिल्लाे साता नेपालभरी पानी परेकाले माैसममा केही सुधार आएपनि अहिले फेरी पहिलेकै अवस्थामा माैसम रहेकाे छ । यसकाे निराकरणका लागि ठुलाे पानी पर्नुपर्ने अथवा हावाहुरी आउनुपर्छ ।

तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी भू–भागमा केही हल्का वर्षा हुने भए पनि ठूलो वर्षाको सम्भावना छैन । पानी परेर देशका विभिन्न ठाउँमा लागेको डडेलो ननिभेसम्म वायु प्रदूषण रहिरहने छ । काठमाडौंका केही स्थानमा आज छिटपुट वर्षाको सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय