Information is intelligence
HomeLiteratureकृष्णप्रसाद अर्यालका १० मुक्तक

कृष्णप्रसाद अर्यालका १० मुक्तक

- Advertisement -spot_img


धोका दिने क्रममा दानी को भएन?
तारा रातको भयो बिहानीको भएन।
बर्षौँदेखि तिमीलाई राम्री देखिरहने,
बिग्रिएको मेरो आँखा निको भएन।


जरा त तेरै होला,गमला छ मसँग।
भ्रमरले पनि सम्बन्ध चला,छ मसँग ।
ए फूल ! पत्थर बन्न मन्जुर छैनस्  ?
याद राख् देवता बन्ने कला छ मसँग ।


बिन्ति  दैव! नगर भुल सेतो हुनेछ ।
जीबन रङ्ग्याइदिने कबुल सेतो हुनेछ ।
साथी मलाई सकुशल घर पुर्याइदेओ,
नत्र घरमा एउटा फूल सेतो हुनेछ ।


प्रकास छेकेर पनि मेट्न सम्भव थिएन ।
आफैँबाट टाढा लखेट्न सम्भव थिएन।
हुन त तिमी मेरै छायाँ बनेकी थियौ,
अफसोच! मैले नै भेट्न सम्भव थिएन ।


सबै अपराध हत्या हिंसाको खाका बुद्धसँग हुन्छ ।
जस्तै चोरले उता ताल्चा खोल्छ चाबी मसँग हुन्छ ।
प्रेममा त के आफ्नै अस्तित्वमा पनि शङ्का छ ,
मैले मान्छे भनेर बोलाउछु ऊ उता झसङ्ग हुन्छ ।


पोलेको छ छाती भतभत लेखेकी थियौ ।
भएको छ हाँसो जफत लेखेकी थियौ।
खै! किन हो मुखले बिदाई भन्यौ,
तर आँखामा त स्वागत लेखेकी थियौ ।


कहिले जिस्क्याएझैँ कहिले चिमोटे जस्तै लाग्छ ।
छातीमा करौँतीले खिले चिमोटे जस्तै लाग्छ ।
मैले काँडा मन पराउनुको एउटै कारण छ ,
काँडाले घोचे पनि तिमीले चिमोटे जस्तै लाग्छ ।


आफैँलाई नोक्सान थियो आफ्नै सम्झेर ।
जस्तै कि पुतलीले दियो आफ्नै सम्झेर ।
आज बिर्सनू भन्ने आदेश आएको छ ,
जसलाई दिलमा राखियो आफ्नै सम्झेर ।


नसोच दिलमा जाला सियो बनेर ।
चढ्दिनँ मनका उकाला सियो बनेर ।
घोचेको सम्झियौ अरु सबै बिर्सियौ ,
उनिदिएको थिएँ माला सियो बनेर ।

१०
अब कति पो बाँकी रहला काटेर।
चन्द्रमा थिए दिन्थेँ नि कला काटेर।
तिम्रै गल्लीमा दुर्गन्ध फैलियो,
के नै पो पायौ र मेरो गला काटर ?

कृष्णप्रसाद अर्यालका अन्य लेखहरू
गजल – कृष्णप्रसाद अर्याल
छाेरी – कथा
ईश्वर निदाइरहेछ – कथा
गढदेखि घाटसम्म संस्मरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय