Information is intelligence
HomeSportsलिभरपुल रियल मड्रिडसँग पराजित

लिभरपुल रियल मड्रिडसँग पराजित

- Advertisement -spot_img

यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल रियल मड्रिडसँग पराजित भएको छ।

मगंलबार राति अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा घरेलु टोली रियलले लिभरपुललाई ३–१ गोल अन्तरले हराएको हो।

रियलको जितमा भिनिसियस जुनियरले दुई तथा मार्को एसेन्सियोले एक गोल गरे। लिभरपुलका मोहम्मद सलाहले एक गोल फर्काए।

खेलको २७औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई १–० ले अग्रता दिलाएका थिए। ३६औं मिनेटमा मार्को एसेन्सियाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। ५१औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए। ६५औं मिनेटमा भिनिसियस जुनियरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै रियलको जित निश्चित गरे।

जितसँगै रियलको अन्तिम ४ मा पुग्ने सम्भावना बलियो भएको छ। दोस्रो लेगमा पनि रियलले यही लयलाई निरन्तरता दिए सेमिफाइनलमा स्थान बनाउनेछ। दोस्रो लेग १५ अप्रिलमा एनफिल्डमा हुनेछ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र फिल फोडेनले एक\एक गोल गरे । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए ।

यस जितसँगै सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । डर्टमण्डको मैदानमा हुने दोस्रो लेग अप्रिल १४ मा हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु