Information is intelligence
HomeEconomyकिन घट्याे अजाेड इन्स्याेरेन्सकाे मूल्य ?

किन घट्याे अजाेड इन्स्याेरेन्सकाे मूल्य ?

- Advertisement -spot_img

अजाेड इन्स्याेरेन्सकाे मूल्य केहीदिन अघिसम्म अस्वभाविक तरिकाले सकारात्मक सर्किटकाे लेबलबा बढिरहेकाे थियाे । तर हिजाे मंगलबार देखि अचानक ओरालाे लाग्न थाल्याे  । किन त ?

अजाेड इन्स्याेरेन्सले इन्साइडर ट्रेडिङ गरेकाे आराेप लागेपछि लगानीकर्ताहरू निराश बने । धिताेपत्र बाेर्डले छानबिन समिति नै बनाएपछि केही लगानीकर्ताहरू आत्तिए । बीमा समितिले ५० प्रतिशत हकप्रद शेयर ननिकाल्न निर्देशन दिएपछि भने लगानिकर्ताहरूमा रहेकाे अलिअलि आशा पनि सकियाे ।

एकाएक माथी गएकाे मूल्य त्यही गतिमा तल आइरहेकाे छ । ११२५ रूपैँया प्रतिकित्तासम्म पुगेकाे कम्पनीकाे मूल्य घटेर ८६० रूपैँया प्रतिकित्तामा आइपुगेकाे छ । यही रफ्तारमा लगानीकर्ताहरू हतास हुने हाे भने मूल्य अझै तल पुग्ने निश्चितप्राय देखिन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु