Information is intelligence
HomeSportsच्याम्पियन्स लिगमा बायर्न र पीएसजी भिड्दै

च्याम्पियन्स लिगमा बायर्न र पीएसजी भिड्दै

- Advertisement -spot_img

एजेन्सी | च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा आज बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ ।

साविक विजेता समेत रहेको जर्मन क्लब बायर्नले घरेलु मैदानमा फ्रेन्च क्लब पीएसजीसँग खेल्नेछ । बायर्न र पीएसजीबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

बायर्न मुख्य स्ट्राइकर रोबर्टो लेवान्डोस्कीबिना मैदान उत्रने छ । चोटका कारण उनी टिम बाहिर छन् । यस्तै कोरोना संक्रमण भएपछि सर्जी जिनाब्री समेत टिममा छैनन् ।

यता, पीएसजीसँग भने बलियो टिम रहेको छ । केलियन एमबाप्पे र नेयमार पीएसजीको मुख्य हतियारको रुपमा रहेका छन् ।

यस्तै पीएसजी गत सिजनको फाइनलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । गत सिजनको फाइनलमा बायर्नले पीएसजीलाई १-० ले हराएर उपाधि जितेको थियो ।

अर्को खेलमा इंग्लिस क्लब चेल्सीले पोर्टोसँग खेल्नेछ । चेल्सीले पोर्चुगिज क्लब पोर्टोसँग स्पेनको रामोन सान्चेज मैदानमा खेल्नेछ ।

चेल्सी पहिलो लेगमा जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

पोर्टो जित निकाल्दै अर्को चरणको नजिक पुग्न चाहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय