Information is intelligence
HomeSportsत्रिकोणात्मक टि-२० क्रिकेटको तालिका सार्वजनिक,नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग

त्रिकोणात्मक टि-२० क्रिकेटको तालिका सार्वजनिक,नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग

- Advertisement -spot_img

काठमाडौं । नेपालमा आयोजना हुने त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्ने भएको छ । खेल बैशाख ४ गते टियु क्रिकेट मैदानमा दिउँसो २:१५ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।

यस्तै नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल बैशाख ११ गते हुनेछ ।

क्यानले सिरिजको टिकट मूल्य १ सय ५० रुपैयाँ तोकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु