Information is intelligence
HomeSportsएमबाप्पे चम्किँदा बायर्न पराजित, चेल्सीले पोर्टोलाई हरायो

एमबाप्पे चम्किँदा बायर्न पराजित, चेल्सीले पोर्टोलाई हरायो

- Advertisement -spot_img

युरोपेली च्याम्पियन्स लिग अन्तिम आठको पहिलो लेगको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकलाई उसकै घरमा ३–२ ले हराएको छ । गत वर्षको प्रतियोगिताको फाइनलमा यिनै दुई टिम भिडेका थिए ।

यसपल्ट पीएसजीले प्राप्त गरेको जितमा केयलिन एमबापेले दुई गोल गरे । उसका लागि अर्को गोल मारक्विन्होसले गरे ।बायर्नका लागि भने एरिक म्याक्सिम र थोमस मुलरले गरे ।

त्यस्तै हिजोनै भएको अर्को खेलमा इंग्लिस क्लब चेल्सीले एएफसी पोर्टोलाई उसैको घरेलु मैदानमा २–० ले हराएको छ । चेल्सीलाई जित दिलाउने क्रममा मासोन माउन्ट र बिन चिलवेलले निर्णायक गोल गरे । यी दुबै खेलाडीले चेल्सीका लागि च्याम्पियन्स लिगमा पहिलोपटक गोल गरेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु