Information is intelligence
HomePoliticsमाओवादी केन्द्रका चार मन्त्रीको सांसद पद आज गुम्ने

माओवादी केन्द्रका चार मन्त्रीको सांसद पद आज गुम्ने

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका चार जनाको सांसद पद आज गुम्ने भएको छ ।

प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ ।

मंगलबार माओवादी केन्द्रले  ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो।

प्रतिनिधि सभा बैठक अहिले दिउँसो १ बजे बस्दै छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु