Information is intelligence
HomeEconomy२ अंकले बढेकाे नेप्सेमा ६ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट , यी हुन्...

२ अंकले बढेकाे नेप्सेमा ६ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट , यी हुन् सबैभन्दा बढी कमाउने कम्पनी

- Advertisement -spot_img

साताकाे अन्तिम काराेबार दिन शेयर बजार सामान्य अंकले बढेकाे छ। बजार २.७४ अंकले बढ्दा ६ वटा कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

सर्किट लाग्ने कम्पनीहरूमा ज्याेति लाइफ , एन आइसि एशिया लघुवित्त, ग्रीनलाइफ हाइड्राेपावर , मल्टिपर्पाेज फाइनान्स , रिलायन्स फाइनान्स र ग्लाेबल आइएमइ लघुवित्त रहेका छन् ।

त्यस्तै ९६ वटा कम्पनीहरूकाे मूल्य बढ्दा ७४ वटा कम्पनीकाे मूल्य घटेकाे छ । ९ वटा कम्पनीकाे मूल्य भने यथावत रहेकाे छ।

बिहिबार ६ अर्ब ५५ कराेडभन्दा बढीकाे रकमकाे शेयर काराेबार भएकाे छ । जसमा सबैभन्दा बढी उपर तामाकाेशीकाे ३७ कराेड १३ लाखभन्दा बढीकाे शेयर काराेबार भएकाे छ ।

बिहिबार सबैभन्दा बढी गुमाउने कम्पनी युनिभर्सल पावर कम्पनी रहेकाे छ । कम्पनीकाे मूल्य बिहिबार ४.४२ प्रतिशतले घटेकाे हाे ।

यी हुन्  बिहिबार सबैभन्दा बढी कमाउने कम्पनी  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु