Information is intelligence
HomeEntertainment & Arts'माइतीघर २' बन्ने, अनमोल प्रमुख भूमिकामा

‘माइतीघर २’ बन्ने, अनमोल प्रमुख भूमिकामा

- Advertisement -spot_img

फिल्म ‘माइतीघर’को सिक्वेलको रुपमा ‘माइती घर २’ निर्माण हुने भएको छ । अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले फिल्मको निर्माण गर्न लागेका हुन् ।‘माइतीघर २’ सुबोध चोपडाको निर्देशन हुनेछ ।

यो फिल्मलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्ने भएको छ । यो फिल्मलाई निर्माता भूवन केसीले आफ्नो ब्यानरमा दर्ता समेत गरिसकेका छन् ।

यस फिल्ममा अनमोल केसी प्रमुख भूमिकामा हुनेछन् । आगामी पन्ध्र दिनसम्ममा फिल्मका अन्य कलाकार फाइनल हुने बताए ।

भुवन होम प्रोडक्सनबाटै नयाँ फिल्म ‘पारस’ गर्ने तयारीमा थिए । तर अब उनी ‘पारस’ र ‘माइतीघर २’लाई सँगसँगै लैजाने योजनामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय