Information is intelligence
HomeNewsत्रासकाे वातावरणमा घर फर्किनेकाे लहर

त्रासकाे वातावरणमा घर फर्किनेकाे लहर

- Advertisement -spot_img

अघिल्लाे वर्ष काेराेना महामारीका कारण भारतबाट नेपाल फर्किने नेपालीहरूले धेरै समस्या भाेग्न पर्याे । नाकामा अव्यवस्थित क्वारेन्टिन र परीक्षणकाे राम्राे व्यवस्था नभएका कारण धेरै ठाउँमा झडपकाे स्थिति सिर्जना भएकाे थियाे ।

अहिले पुनः भारतमा दैनिक १ लाखकाे हाराहारीमा काेराेना संक्रमित बढ्न थालेपछि कामका लागि भारत गएका नेपालीहरू घर फर्किन थालेका छन् ।

रातकाे समयमा समेत नाकाहरूमा नेपालीहरूकाे भीड लाग्न थालेकाे छ । पहिलेकै जस्ताे सरकारकाे असक्षमता र अकर्मण्यता याे पटक नदेखियाेस भनी नाकाहरूमा कडाइ गरिएपनि घर फर्किन चाहनेहरूका लागि भने केही सुरक्षा सतर्कता अपनाइएकाे पाइएकाे छैन ।

अहिले पूर्वदेखि पश्चिमसम्म रहेका नेपाल भारत सीमानाकामा नेपालीहरूकाे भीड देख्न पाइन्छ । उनीहरू त्रासमा देखिन्छन् । अघिल्लाे वर्ष ढिला घर फर्किँदा समाजदेखि सरकारसम्मले नराम्राे व्यवहार गरेका कारण याे वर्ष समयमा नै घर फर्किन खाेजेका छन् ।

यस्ताे अवस्थामा सरकार सचेत हुनुपर्ने देखिन्छ । नाकाहरूमा व्यवस्थित क्वारेन्टिनकाे व्यवस्था गरी घर फर्किन चाहनेहरूकाे सुरक्षित रूपमा स्वास्थ्य परीक्षणसमेत गराउनुपर्छ । घर फर्किएकाहरूलाइ काेभिड १९ विरूद्धकाे खाेप लगाइ सुरक्षित गराउनेतर्फ पनि सरकारले ध्यान पुर्याउनु पर्छ ।

सरकार नागरिकहरूकाे हाे । नागरिकहरूकाे सुरक्षाका लागि सरकार हर्दम तयार हुनुपर्छ र त्याे व्यवहारमा देखिनुपर्छ । यतिबेला अघिल्लाे वर्षकाे त्रासका कारण मानसिक अवस्थासमेत पहिलेकै जस्ताे देखिन्छ । सरकारले समन्वयकारी भूमिका खेली नेपालीहरूलाइ सुरक्षित गराउनेतर्फ पहल गराेस ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय