Information is intelligence
HomeSportsआईपीएल टी ट्वान्टी क्रिकेट आजबाट सुरू,मुम्बइ र बैङ्गलुरू भिड्ने

आईपीएल टी ट्वान्टी क्रिकेट आजबाट सुरू,मुम्बइ र बैङ्गलुरू भिड्ने

- Advertisement -spot_img

विश्वप्रसिद्ध टी ट्वान्टी क्रिकेट प्रतियाेगिता आईपीएल काे १४ औँ संस्करण आजबाट सुरू हुँदैछ ।

भारतका विभिन्न शहरहरूमा हुने प्रतियाेगिताकाे पहिलाे खेल आज हुनेछ ।

पहिलाे खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लाेरबीचको खेल हुने हुँदैछ ।

मुम्बई र बेङ्ग्लाेरबीचको उद्घाटन खेल नेपाली समयअनुसार बेलुकी ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् भने बेङ्ग्लाेरको कप्तानी विराट कोहलीले गर्दैछन् ।

केही ठाउँमा लकडाउन भएको र खेलाडीहरुमा समेत कोरोना सङ्क्रमण भएकोले विशेष सावधानी अपनाइने आयोजकले जनाएको छ । आजदेखि सुरु हुने खेलमा सहभागी हुने खेलाडीलाई कोरोनाको सङ्क्रमण हुन नदिन होटलबाट बसमार्फत सिधै स्टेडियममा लैजाने र खेल सकिएपछि फेरि बसमार्फत नै होटलमा लगेर राख्ने व्यवस्था मिलाइएको छ ।

यसअघि १३ औं‌ संस्करणको खेल कोरोनाको जोखिमका कारण दर्शकबिनानै खेलाइएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु