Information is intelligence
HomePoliticsसांसद पद गुमाएका ४ नेताले आज फेरि मन्त्री पदको शपथ लिने

सांसद पद गुमाएका ४ नेताले आज फेरि मन्त्री पदको शपथ लिने

- Advertisement -spot_img

काठमाडौं । सांसद पद गुमाएका ४ नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् ।

मंगलबार माओवादी केन्द्रले टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले चारै नेतालाई मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।

उनीहरुको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो।

६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु