Information is intelligence
HomeInternationalअफगानिस्तानमा तीन सैनिक र २० लडाकू मारिए

अफगानिस्तानमा तीन सैनिक र २० लडाकू मारिए

- Advertisement -spot_img

सिन्ह्वा | अफगानिस्तानमा थप २० जना तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिएका छन् ।

सरकारी सुरक्षाकर्मीहरुले चलाएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने बडाख्शान प्रान्तमा बिहीबार राती घटना भएको हो ।

“हतियारधारी विद्रोही लडाकूहरुले शुहादा, जुर्म र वार्दोज जिल्लामा रहेका सुरक्षाचौकीमा बिहीबार मध्यरातमा आक्रमण गरेका थिए,” एक सुरक्षा अधिकारीले भने ।लडकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले पनि प्रत्याक्रमण गरेको र केही समय भिडन्त भएकाले दुवै तर्फ क्षति भएको उनीहरुको भनाई छ । देशको पहाडी क्षेत्रमा भएको घटनामा परी अरु १० लडाकू र पाँच सैनिकहरु घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु