Information is intelligence
HomePolitics३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन

- Advertisement -spot_img

काठमाडौं । नयाँ सत्ता समीकरणबारे बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बिनानिष्कर्ष सकिएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार आजको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णयबारे दलहरूलाई औपचारिक जानकारी गराएका थिए । जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले सकारात्मक प्रतिक्रिया दिएका थिए । तर जनता समाजवादी पार्टीले कांग्रेसको प्रस्तावबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएपछि बैठकमा कुनै ठोस सहमति हुन सकेन ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा सकारात्मक छलफल भएको जसपाको पार्टी बैठक बसेपछि पुन ३ दलको बैठक बस्ने सहमति भएको जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु