Information is intelligence
HomeEconomyशनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

- Advertisement -spot_img

चैत २८ गते शनिबार र चैत २९ गते आइतबार घोडेजात्राको सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । केन्द्रीय बैंकले राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो ।

त्यस्तै, क्लियरिङ गर्ने काउन्टरहरु पनि खोल्न निर्देशन दिएको छ । केन्द्रीय बैंकका अनुसार असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सो पछि मसान्तसम्म शनिबारलगायतका जनसुकै सार्वजनिक बिदा पनि राजस्व संकलन गर्न बैंक तथा वित्तीय संस्थाले शाखा खोल्नुपर्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु