Information is intelligence
HomeHealthकाम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

- Advertisement -spot_img

तपाईँ हामीमध्ये कतिपयलाई बिहान उठ्नासाथ थकान महसुस हुन्छ । जति आराम गर्याे उति थकाइ लागिरहन्छ । हामी भन्ने गर्छाैँ – केही नगरी थकाइ लाग्याे । तर याे कत्तिकाे स्वास्थ्यवर्धक छ त ? यसकाे बारेमा भने हामीले ध्यान पुर्याएका हुन्नाैँ ।

केही नगरी किन थकाइ लाग्छ त ?

  • कुनै बिमारी वा पाेषणकाे कमी अथवा दिनाचर्याकाे कारण यस्ताे हुन सक्छ ।
  • ब्लड प्रेसर , थाइराइड, युरिक एसिडजस्ता समस्याले ढाड, जाेर्नी तथा मांशपेशीहरूमा दुःखाइ महसुस हुन्छ र ज्यान थाकेकाे अनुभव हुन्छ ।
  • धेरै मानसिक तनावका कारण पनि थकान महसुस हुन्छ ।
  • भिटामिन बि – १२ अथवा भिटामिन डि काे कमीका कारण पनि थकान महसुस हुन्छ ।

के हाे त समाधान ?
हरेका समस्याकाे समाधान हुन्छ । हाम्राे जीवनशैली अस्वस्थ बन्दै गएकाे छ । हाम्राे दैनिकी सँगसँगै समग्र जीवनशैलीमा नै धेरै परिवर्तनहरू आइसकेका छन् । त्यसकारण हामीले हाम्राे शरीरकाे रक्षाका लागि विभिन्न उपायहरू अपनाउन सक्छाैँ ।

  • भिटामिन डि , बि लगायतका भिटामिनहरूकाे कमी हुन नदिउँ ।
  • समयसमयमा ब्लड प्रेसर , युरिक एसिडलगायतका स्वास्थ्यसम्बन्धी जाँच गराैँ ।
  • अत्याधिक तनाव नलिउँ। याेग, ध्यान गराैँ । शरीरलाइ स्फुर्तिलाे बनाऔँ ।
  • खानामा ध्यान दिऔँ । पाेषणयुक्त खानेकुरा खाऔँ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु