Information is intelligence
HomeInternationalअलिबाबालाई २ अर्ब ७८ करोड डलर जरिवाना

अलिबाबालाई २ अर्ब ७८ करोड डलर जरिवाना

- Advertisement -spot_img

चिनियाँ नियामक निकायले ई–कमर्शको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ । एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो । चीनको नियामक निकाय “बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर) ” ले गत डिसेम्बरमा अलिबाबामाथि सुरु गरेको अनुसन्धानका आधारमा उक्त जरिवाना गर्नुपरेको निष्कर्ष सार्वजनिक गरेको छ ।

अलिबाबाको प्लेटफर्मबाट सामान बिक्री गर्न चाहने कयौं व्यवसायीलाई अलिबाबाले जानाजान प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको अनुसन्धानबाट भेटिएको नियामक निकायको भनाई छ । एसएएमआरका अनुसार सन् २०१५ देखि अलिबाबा समूहले आफूलाई अनुचित लाभ लिनेगरी आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको छ ।

कम्पनीको यस्तो व्यवहारले प्रतिस्पर्धा र नवीनतालाई सीमित गरेको छ भने व्यवसाय तथा उपभोक्ताको अधिकार र रुचिलाई पनि उल्लंघन गरिदिएको नियामक निकायले दाबी गरेको छ । ब्लुमबर्गका अनुसार अलिबाबामाथि गरिएको यो जरिवाना अहिलेसम्मकै ठूलो हो । सन् २०१५ मा क्वालकममाथि झण्डै १अर्ब डलर जरिवाना गरिएको थियो ।

अलिबाबामाथिको यस जरिवाना कम्पनीले सन् २०१९ मा गरेको कूल बिक्रीको करिब ४ प्रतिशत हो । सन् २०१९ मा अलिबाबाले ४ खर्ब ५६ अर्ब युआन बराबरको सामान बिक्री गरेको थियो । अलिबाबाले सामाजिक सञ्जालमा जरिवानाका सम्बन्धमा स्पष्ट गर्दै सरकारले लगाएको जरिवाना तिर्न राजी भएको जनाएको छ । कम्पनीले सरकारका नियमहरु पूर्णपालना गरी सामाजिक उत्तरदायित्व निर्वाहका साथ व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु