Information is intelligence
HomeEconomyआज शेयर बजार बन्द

आज शेयर बजार बन्द

- Advertisement -spot_img

सेयर बजार आइतबार बन्द भएको छ । काठमाडौं उपत्यकामा सार्वजनिक विदा परेका कारण देशभर सेयर कारोबार बन्द भएको हो । केन्द्रीय राजधानी काठमाडौं रहेको र सेयर बजार सञ्चालक नेप्से कार्यालय पनि राजधानीमै सीमित भएकाले काठमाडौंमा सार्वजनिक विदा हुँदा देशभर सेयर कारोबार बन्द हुँदै आएको छ ।

आज आइतबार (चैत २९ गते) घोडेजात्रा परेकाले सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । तसर्थ, आइतबार नेप्से पनि बन्द भएको छ। अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक २.७४ अंकले बढेर २६७४.३५ विन्दुमा अडिएको छ । बिहीबार ६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु