Information is intelligence
HomeSportsआइपिएलमा काेलकत्ताकाे जित, हैदरावाद १० रनले पराजित

आइपिएलमा काेलकत्ताकाे जित, हैदरावाद १० रनले पराजित

- Advertisement -spot_img

आइपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई हराएको छ । आइतबार राती चेन्नेईमा भएको खेलमा कोलकत्ता १० रनले विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । उसका लागि नितिश रानाले ८० रनको योगदान दिए ।

जवाफी ब्याटिङ थालेको हैदरावाद भने निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रनमै रोकियो । उसका लागि मनिष पाण्डेले नटआउट ६१ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । कोलकत्ताका प्रसिध कृष्णले दुई विकेट लिए ।

जितसँगै कोलकत्ता २ अंकसहित लिगको दोस्रो स्थानमा छ । आइपीएलमा आज राजस्थान र पञ्जाब खेल्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु