Information is intelligence
HomeShare Bazarमेरो सेयरको पासवर्ड आफैँ रिसेट गर्न सकिने

मेरो सेयरको पासवर्ड आफैँ रिसेट गर्न सकिने

- Advertisement -spot_img

काठमाडौं – नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा ल्याउन लागेको छ ।

अहिले ‘मेरो सेयर’ सफ्टवेरमा अपग्रेडिङका कार्य भइरहेको र यो कार्यको सम्पन्न भएलगत्तै लगानीकर्ताहरुले नै पासवर्ड रिसेट गर्नम मिल्ने सुविधा ल्याउन लागिएको सीडीएससी जनाएको छ ।

‘मेरो सेयर’ सफ्टवेरको अपग्रेडिङ कार्य अन्तिम चरणमा पुगेको र अपग्रेड भएपछि मेरो सेयरमा पहिलेजस्तो प्राविधिक समस्या नआउने सीडीएससीको दाबी छ ।

हालसम्म  ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा लगानीकर्ताले  सम्बन्धित क्यापिटलमा नै पुगेर रिसेट गर्नुपर्ने प्रावधान रहेको छ ।

यो सेवा निशुल्क भएपनि कतिपय यस्तो सेवाप्रदायक कम्पनीहरुले भने शुल्क लिँदै आएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु