Information is intelligence
HomeSportsआर्सनल र युनाइटेडको जित, लेस्टर पराजित

आर्सनल र युनाइटेडको जित, लेस्टर पराजित

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनल र युनाइटेडले जित हात पारेका छन् भने लेस्टरले हार बेहोरेको छ ।

युनाइटेडले टोटनहामलाई उसैको मैदानमा ३-१ ले हराएको हो । युनाइटेडको जीतमा फ्रेड, एडिन्सन काभानी र मेसन ग्रीनवूडले १-१ गोल गरेका थिए । टोटनहामका सन ह्युङमिनले १ गोल गरे । युनाइटेडले १-० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै खेल ३-१ ले जितेको हो । जीतसँगै ३१ खेलबाट ६३ अंक भएको युनाइटेड दोस्रो स्थानमा यथावत् छ ।  पराजित टोटनहाम ४९ अंकसहित सातौं स्थानमा छ ।

गएराती नै भएको अर्को खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले सेफिल्ड युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो । आर्सनललाई जिताउनका लागि एलेक्जेन्डर लाकाजेटीले २ गोल गर्दा गेब्रियल तियोदोरो मार्टिनेली सिल्वाले एक गोल थपेका थिए ।

जितसँगै आर्सनल ४५ अंकका साथ तालिकाको नवौं स्थानमा छ भने पराजित भएको सेफिल्ड युनाइटेड १४ अंकका सात पुछारबाट शीर्ष स्थानमा छ ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा वेष्टहमले लेस्टर सिटीलाई पराजित गर्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा वेष्टहमले लेस्टरलाई ३-२ ले पराजित गरेको हो । लेस्टरका केलेची इहनचोले अन्तिम २० मिनेटमा दुई गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।

वेष्टहमका लागि लिनगार्डले खेलको २९औं र ४४औं मिनेटमा गोल गरे । यस्तै जारोर्ड बोवेनले ४८औं मिनेटमा गोल गरे । लेस्टरका इहनाचोले ७०औं मिनेट र इन्जुरी टाइममा गोल गरे।

जितपछि वेष्टहम ३१ खेलबाट ५५ अंक जोड्दै चौथो स्थानमा उक्लेको हो । वेष्टहमले तेस्रो स्थानको लेस्टरसंग अंकदूरी १ मा झारेको छ । ३१ खेलबाट लेस्टरको ५६ अंक छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु