Information is intelligence
HomeNewsसुकुटेमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुईको अवस्था गम्भीर

सुकुटेमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुईको अवस्था गम्भीर

- Advertisement -spot_img

सिन्धुपाल्चोकको सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बसको ठक्करले माेटरसाइकलमा सवार त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठको खाडिचौरको सदावहार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौंबाट दोलखा जादै गरेको बा ३ ख ९६५८ नम्बरको अरनिको यातायातको बसले खाडिचौरबाट आउँदै गरेको ६९८७ नम्बरको मोटरसाइकलाई विपिरत दिशामा गएर ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन् । गम्भीर घाइते सोमबहादुर श्रेष्ठलाई उपचारको लागि काठमाडौंको ह्याम्स अस्पतालमा लगिएको छ, भने सानो बच्चाको पनि उपचार भैरहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु