Information is intelligence
HomeLiteratureवेश्या !

वेश्या !

- Advertisement -spot_img

अध्यारो रात
चार दिवार, अनि म
यहाँ मेरा चोलिहरु प्यास मेटाउनकै लागि खोलिन्छन्
स्तनहरु कागजका नोटहरूका लागि निमोठिन्छ।।

चित्कारहरु आँखिझ्यालका चुक्कुलहरु सँगै बन्दहुन्छन्
म सँगसँगै रात बिताउनेहरुले नै  मलाई  यहाँ वेश्या भन्दछन्।।
हो म वेश्या हो , तर
तिम्ले झैँ झुठो नकाव ओडेकि छैन
अनि तिम्ले झैँ अरुको भाग खोसि खाएकि पनि त छैन।।

म जस्ति कयौँ सँग सुत्ने तिमी कहाँ चोखो छौँ?
म तिम्रो नोटहरूको अनि तिमी मेरो जवानीको भोको छौँ।।
तिम्रो झैँ शरीर हैन र मेरो पनि?
एकपटक मेरा पुछिएका लालिहरुलाई सोध म कति पिडामा छु भनेर
एकपटक मेरा लतपतिएका गाँजलहरुलाई सोध मेरा बाध्यताहरु के कति छन भनेर
एक पटक मेरा छातिहरुलाई सोध , यो  भित्री मन कति पोल्छ भनेर
एक पटक मेरो नाङ्गो आङ्लाई सोध तँलाई कती दुख्छ भनेर।।

सक्छौ  सोध्न ?  अंह ! सक्दैनौं , थाहा छ मलाई
किनकि तिमी मतलबि छौँ यो शरिरिको
अझै मोल अनि भाउ सोध्छौ मेरा भावनाहरुको।।
सम्मान गरि हेर आफैलाई भिन्न पाउने छौ
छोडि देउ म कहाँ धाउन तिमी असल मानिस कहल्याउने छौँ।।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु