Information is intelligence
HomeInternationalभारतमा एकै दिन १ लाख ६८ हजारमा काेराेना संक्रमण

भारतमा एकै दिन १ लाख ६८ हजारमा काेराेना संक्रमण

- Advertisement -spot_img

भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ । कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ ।

गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयताकै सव भन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जनाएको छ ।

पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । यसवर्ष शुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो संख्या सब भन्दा उच्च हो ।

भारतका कुल सङ्क्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ जना भएको जनाइएको छ ।सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख १ हजार भन्दा बढी रहेको छ । यद्यपी एक करोड २१ हजार ५७ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु