Information is intelligence
HomeSportsराजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दै

राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दै

- Advertisement -spot_img

इन्डिय प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (सोमबार) राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दैछ । अन्खाडे क्रिकेट स्टेडियमा हुने दुईटोलीबीचको खेल नेपाली सयम अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सहज सुरुवात गर्ने योजनामा छन् ।

सन्जु श्यमसनको कप्तानीमा मैदान उत्रने राजस्थान आजको खेलमा आफूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा बलियो सावित हुने योजनामा हुनेछ ।

स्टिभ स्मिथले कप्तानी गर्ने राजस्थानको यो सिजन सन्जु श्यामसनले कप्तानी गर्नेछन् । राजस्थानले स्मिथलाई यो सिजन मात्र रिलिज गरेको थियो ।

यता, केएल राहुलको कप्तानीमा रहेको पन्जाब आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ । गत सिजन कमजोर भएको पन्जाब अन्तिम खेलहरुमा बलियो देखिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु