Information is intelligence
HomePoliticsजन्माउने आमा निकृष्‍ट, जन्मिने सन्तान चाहिँ उत्कृष्ट त हुँदैन होला ?: नवराज...

जन्माउने आमा निकृष्‍ट, जन्मिने सन्तान चाहिँ उत्कृष्ट त हुँदैन होला ?: नवराज सिलवाल

- Advertisement -spot_img

काठमाडौं | नेकपा एमालेका सांसद नवराज सिलवालले संसदमा भइरहेको टिकाटिप्पणीप्रति असन्तुष्टि जनाएका छन् ।

संसद बैठकको विशेष समयमा बोल्दै उनले अहिले संसदमा भइरहेको बहसले संसद्को मर्यादामाथि चोट पुर्‍याएको गुनासो गरे ।

‘संसद्‍मा बसेर बहस गर्दा बौद्धिक बहस गर्नुपर्थ्यो । जुन किसिमले टिकाटिप्पणी गरिरहेका छौं । जसरी बहस गरिरहेका छौं । यसले हाम्रो संसदीय मर्यादामाथि चोट पुर्‍याएका छौं जस्तो लाग्छ,’ उनले भने, ‘मैले जुन अपेक्षा गरेको थिएँ । त्यस्तो हुन सकेन कि भन्ने लाग्छ । जनताले निर्माण गरेका पद हो सांसद । निर्माण गर्ने जनता चाहिँ तल । जन्माउने आमा चाहि निकृष्‍ट, जन्मिने सन्तान चाहिँ उत्कृष्ट त हुँदैन होला ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय